Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    जिल्ला अस्पताल खोटाङलाई डिजिटल रेडियोग्राफी मेसिन

    जिल्ला अस्पताल खोटाङलाई डिजिटल रेडियोग्राफी मेसिन


    • बुधवार, मंसिर २४ २०७७

    • नेपाल वाइड


    जिल्ला अस्पताल खोटाङलाई डिजिटल रेडियोग्राफी मेसिन
    कोभिड–१९ क्राइसिस मेनेजमेन्ट सेन्टर (सिसिएमसि)ले जिल्ला अस्पताललाई उपलव्ध गराएको डिजिटल रेडियोग्राफी मेसिन 

           खोटाङ । मंसिर २४, कोभिड–१९ क्राइसिस मेनेजमेन्ट सेन्टर (सिसिएमसि) छाउनी काठ्माण्डौंले जिल्ला अस्पताल खोटाङलाई डिजिटल रेडियोग्राफी मेसिन उपलव्ध गराएको छ । स्वास्थ्य सेवालाई थप सहज र सुलभ बनाउँदै लैजाने योजना अनुशार सिसिएमसिले जिल्ला अस्पताललाई ३५० क्षमताको अत्याधुनिक प्रविधिको डिजिटल रेडियोग्राफी मेसिन उपलव्ध गराएको हो ।

          गत असारमा कम्प्युटराईज रेडियोग्राफी उपकरण सञ्चालनमा ल्याइएको अस्पतालमा बिरामी भएकै ठाउँमा लैजान मिल्ने अत्याधुनिक प्रविधि सहितको डिजिटल रेडियोग्राफी मेसिन प्राप्त भएको जिल्ला अस्पताल खोटाङका प्रशासन अधिकृत रविनकुमार फुयाँलले बताए ।

         विभिन्न प्रविधिलाई अपग्रेड गर्दै अस्पतालबाट प्रवाह हुने सेवालाई छिटो र सरल बनाउदै लैजाने लक्ष्यमा जिल्ला अस्पताललाई सिसिएमसिको साथ मिलेको हो । १५ शैयाको अस्पतलालाई ५० शैयाको बनाउनका लागि डिपिआर समेत भइसकेको छ ।

     

    सम्बन्धित समाचार