Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    केपीलासगढी गाउँपालिकामा अस्पतालको भवन शिलान्यास

    केपीलासगढी गाउँपालिकामा अस्पतालको भवन शिलान्यास


    • मंगलवार, मंसिर २३ २०७७

    • नेपाल वाइड


    केपीलासगढी गाउँपालिकामा अस्पतालको भवन शिलान्यास
    अस्पतालको भवन शिलान्यास कार्यक्रममा प्रतिनिधीसभा सदस्य विशाल भटराई, प्रदेशसभा सदस्य राजन राई, गाँउपालिका अध्यक्ष कृष्ण कुमार राईलगायत

          खोटाङ । मंसिर २३, खोटाङको केपिलासगढी गाउँपालिकामा आधारभुत अस्पतालको भवन शिलान्यास गरिएको छ । प्रत्येक स्थानीय तहमा अस्पताल स्थापना गर्ने नेपाल सरकारको निती अनुशार केपीलासगढी गाउँपालिकामा १५ शैयाको अस्पताल स्थापनाका लागि मंगलबार भवन शिलान्यास गरिएको हो ।

          कुल १८ करोड ६ लाख ८२ हजारमा निर्माण सम्पन्न हुने अस्पतालको भवन प्रतिनिधिसभा सांसद बिशाल भट्टराई, प्रदेशसभा सांसद राजन राई र गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राईले संयुक्तरुपमा शिलान्यास गरेका छन् । अस्पताल स्थापनाका लागि नेपाल सरकारले गाउँपालिकालाई ३ करोड ७० लाख रकम निकासा दिएपछि भवन शिलान्यास गरिएको हो ।

         अस्पताल निर्माणका लागि केपिलासगढी गाउँपालिका–४ बाक्सिलाको जरंखामा स्थानीय कर्णबहादुर गुरुङ र भिमकेशर गुरुङले करिब एक करोडभन्दा बढि मूल्याको ९ रोपनी जग्गा निःशुल्क उपलव्ध गराएका छन् ।

    KepiLasGhadi photo.jpg

    अस्पतालको भवन शिलान्यास कार्यक्रममा प्रतिनिधीसभा सदस्य विशाल भटराई, प्रदेशसभा सदस्य राजन राई, गाँउपालिका अध्यक्ष कृष्ण कुमार राईलगायत

          निःशुल्क प्राप्त भएको जग्गामा क्रमागत योजनाकारुपमा अस्पतालको भवन निर्माण गरिने गाउँपालिकाका अध्यक्ष राईले बताए । अस्पतालको भवन शिलान्यास कार्यक्रममा नेकपाका नेता कर्ण घले, नेकपाका जिल्ला कमिटि सचिव रामप्रसाद दंगाल, कांग्रेसका जिल्ला कार्य समिति सदस्य एबं संगठन बिभाग प्रमुख समिर राई, नेकपाका सचिवालय सदस्य गृहबहादुर राई, गाउँपालिकाकी उपाध्यक्ष हिरादेबी वन लगायतको उपस्थिति रहेको थियो ।

        जिल्लाको दुई नगरपालिका र आठ गाउँपालिकामध्ये गत मंसिर १५ गते हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिका र जन्तेढुंगा गाउँपालिकामा १५ शैयाको तथा रावाबेँसी गाउँपालिकामा १० शैयाको अस्पताल भवन शिलान्यास गरिएको थियो ।

     

    सम्बन्धित समाचार