मंगलवार, मंसिर २३ २०७७
नेपाल वाइड
मोरङमा शिक्षकको अपहरणपछि गोली हानी हत्या भएको छ । मोरङको मिक्लाजुङ गाउँपालिका १ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको आज बिहान गोली हानी हत्या भएको हो ।
मोरङका एसपी सन्तोष खड्काका अनुसार श्रेष्ठ स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक रहेका थिए । बिहान सवा ६ बजेतिर चार–पाँच जनाको संख्यामा आएको समूहले श्रेष्ठलाई घरबाटै ३० मिनेट टाढा जंगलमा लगेर हत्या गरेको एसपी खड्काले बताए ।
प्रहरी र आफन्तले अपहरण गरेर लैजाने समूह विप्लव समूहका कार्यकर्ता रहेको दाबी गरेका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।