Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    गैंडाको खागसहित तीनजना पक्राउ

    गैंडाको खागसहित तीनजना पक्राउ


    • आइतवार, मंसिर २१ २०७७

    • नेपाल वाइड


    गैंडाको खागसहित तीनजना पक्राउ
    प्रतिकात्मक तस्बिर

            रुपन्देहीको बुटवल उपमहानगरपालिका ८ सुख्खानगरस्थित कलश होटलबाट १ थान गैंडाको खागसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा सुर्खेत लेकबेसी गाउँपालिका बस्ने ३१ वर्षीय भक्त बहादुर थापा, जाजरकोट बोरेकोट गाउँपालिका ४ बस्ने २६ वर्षीय कर्ण बहादुर राउत र काठमाडौं महानगरपालिका १ बसन्तपुर बस्ने २६ वर्षीय राकेश न्यौपाने रहेका छन् ।

          ईलाका प्रहरी कार्यालय बुटवलबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा खटिएको प्रहरीले उक्त खाग सहित उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई नियन्त्रणमा लिने क्रममा उनीहरुले प्रहरीसँग रहेको पेस्तोल खोसी गोली चलाउँदा उनीहरु मध्येकै न्यौपाने घाइते भएकाले लुम्बिनी प्रादेशिक अस्पताल हुँदै थप उपचारका लागि मेडिकल कलेज भैरहवा पठाइएको छ । फरार १ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

    सम्बन्धित समाचार