Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङमा पारिवारिक निजी वन संघ गठन

    खोटाङमा पारिवारिक निजी वन संघ गठन


    • शनिवार, मंसिर २० २०७७

    • नेपाल वाइड


    खोटाङमा पारिवारिक निजी वन संघ गठन
    पारिवारिक निजी वन संघ गठनका लागि जिल्ला समन्वय समितिको हलमा गरिएको भेलामा सहभागीहरु

          खोटाङ । मंसिर २०, खोटाङमा पारिवारिक निजी वन संघ गठन गरिएको छ । आफ्नो जग्गामा निजी वन भएका स्थानीयको भेलाले गंगाधर कार्कीको संयोजकत्वमा ११ सदस्यीय पारिवारिक निजी वन संघको तदर्थ समिति गठन गरेको हो ।

          जिल्ला समन्वय समितिको सभाहलमा शनिबार भएको भेलाले पारिवारिक निजी वन संघको सह–संयोजकमा सर्मिला रोकालाई चयन गरेको छ । तदर्थ समितिको सदस्यमा होमबहादुर राई, गीत श्रेष्ठ, खेमराज बस्नेत, चित्रकुमार कार्की, अम्बरकुमार वन, टंक सुयल, लक्ष्मी कार्की, कोपिला गुरुङ र खड्गकुमारी राई चयन भएका छन् । आफ्नो निजी जग्गामा वन हुर्काएका जिल्लाका स्थानीय पहिलोपल्ट संगठित भएका हुन् ।

          निजी जग्गामा वन भएका स्थानीयको हकहितका क्षेत्रमा काम गर्नका लागि पारिवारिक निजी वन संघ गठन गरिएको संघका संयोजक कार्कीले बताए । जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ, डिभिजन वन कार्यालय खोटाङका प्रमुख धनञ्जय लामीछाने, सामुदायीक वन उपभोक्ता महासंघका प्रदेश समिति सदस्य सुर्य राई लगायतको उपस्थितिमा पारिवारिक निजी वन संघको तदर्थ समिति गठन गरिएको हो ।

    सम्बन्धित समाचार