शनिवार, मंसिर २० २०७७
नेपाल वाइड
खोटाङ । मंसिर २०, खोटाङको खोटेहाङ गाउँपालिकाले सामुदायीक विद्यालयका लागि शिक्षक छनौट गरेको छ । सामुदायीक विद्यालयका रिक्त दरबन्दीमा गाउँपालिकाले करारमा शिक्षक नियुक्ती गरेको हो । पाँच विद्यालयमा सात जना शिक्षक नियुक्तीका लागि शुक्रबार सञ्चालन गरिएको शिक्षक छनौट परिक्षामा तीन जना परिक्षार्थी मात्र उत्तिर्ण भएको गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए ।
भगवती दिनानाथ मावि खोटाङबजारमा मावि तहको विज्ञान शिक्षक एक जना, सप्तकन्य मावि चिप्रिङमा आधारभुत तहको अंग्रेजी शिक्षक एक जना र सावाकाली माबि सावाकटहरेमा प्राबि तहको एक जना शिक्षक उत्तिर्ण भएका छन् ।
शिक्षकको रिक्त दरबन्दी पुर्तीका लागि गाउँपालिकाले बिणा माबि लिकुवापोखरीमा मावि तहको अंग्रेजी शिक्षक एक जना, सावाकाली माबि सावाकटहरेमा प्राबि तहको एक जना, भगवती दिनानाथ माबि खोटाङबजारमा माबि तह र आधारभुत विद्यालय तहको विज्ञान शिक्षक एक/एक जना, सप्तकन्य माबिमा आधारभुत तहको गणित–विज्ञान र अंग्रेजी विषयको एक/एक जना तथा महांकला आधारभुत विद्यालय लिच्कीराम्चेमा प्रावि तहको एक जना शिक्षक नियुक्तीका लागि परिक्षा सञ्चालन गरेको थियो ।
शिक्षक हुने अधिकांश परिक्षार्थीले ५० अंक नै कटाएनन्
रिक्त दरबन्दीमा शिक्षक नियुक्तीका लागि खोटेहाङ गाउँपालिकाले सञ्चालन गरेको शिक्षक छनौट परिक्षामा न्यून संख्यमा परिक्षार्थी उत्तिर्ण भएका छन् । पाँच विद्यालयमा सात जना शिक्षक नियुक्तीका लागि गरिएको परिक्षामा २३ जना परिक्षार्थी सहभागी हुँदा तीन जना मात्र उत्तिर्ण भएका हुन् । जम्मा २८ जनाको आवेदन परेको भए पनि पाँच परिक्षार्थी अनुपस्थित भएको गाउँपालिका अध्यक्ष राईले बताए ।
वस्तुगत परिक्षामा कम्तीमा ५० अंक हाँसिल गर्ने परिक्षार्थी मात्र विषयगत परिक्षामा सहभागी हुन पाउने व्यवस्था अनुशार तीन परिक्षार्थीले मात्र वस्तुगत परिक्षा पार गरेका थिए । महंकला आधारभुत विद्यालयको शिक्षकका लागि ६ जना परिक्षार्थीको आवेदन परेको भए पनि सबै परिक्षार्थी फेल भएका छन् । शिक्षक उत्तिर्ण हुन नसकेको विद्यालयमा पुःन सूचना निकालेर हप्ता दिनपछि परिक्षा सञ्चालन गर्ने तयारी गरिएको छ ।
शिक्षक छनौट परिक्षा निष्पक्ष बनाउन यस्तो जुक्ती