बिहिवार, मंसिर १८ २०७७
नेपाल वाइड
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमा नहुने भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा फागुनमा सञ्चालन हुने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमा नहुने भएकाे हाे ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवौं राष्ट्रिय खेलकुद आगामी फागुन २० गतेदेखि पोखरामा गर्ने निर्णय गरेको थियो । खेलका लागि आवश्यक अधिकांश भौतिक पूर्वाधार तयार भए पनि कोरोनाभाइरस संक्रमणको जोखिमका कारण फागुनमा खेल आयोजना गर्न नसकिने राखेप सदस्य सम्पन्न श्रेष्ठले बताए ।
प्रतियोगिताका लागि आवश्यक भौतिक पूर्वाधार अन्तर्गत स्वीमिङ, सुटिङ र हकी बाहेकका पूर्वाधार निर्माण भइसकेका छन् । स्वीमिङ र सुटिङको लागि टेन्डर पारित भएको छ भने हकीको लागि जग्गाको खोजी भइरहेको छ ।