Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सुनकोसीकाे फोक्सिङटारमा बेलिब्रीज पुनः जडान कार्य सुरु

    सुनकोसीकाे फोक्सिङटारमा बेलिब्रीज पुनः जडान कार्य सुरु


    • बुधवार, मंसिर १० २०७७

    • नेपाल वाइड


    सुनकोसीकाे फोक्सिङटारमा बेलिब्रीज पुनः जडान कार्य सुरु

         खोटाङ र उदयपुरको सिधा यातायात जोड्ने सगरमाथा लोकमार्गको सुनकोसीकाे फोक्सिङटारमा बेलिब्रीज पुनः जडान कार्य सुरु गरिएको छ ।  उदयपुरको रौतामाई गाउँपालिका ५ आँपटार र खोटाङको खोटेहाङ गाउँपालिकाको सीमाना फोक्सिनटारस्थित सुनकोसीमा एक साता अघिदेखि बेलिब्रीज जडानको काम भई रहेको गाईघाट दिक्तेल सडक कार्यालय उदयपुरले जनाएको छ ।

         सदरमुकाम गाईघाटदेखि दिक्तेल हुँदै खोटाङका बिभिन्न भागलाई सिधा यातायातले जोड्ने मुख्य नाका फोक्सिङटार हो । त्यहाँ सञ्चालित बेलिब्रीज ६ महिनाअघि खोलिएपछि दुई जिल्लाको सिधा यातायात अवरुद्ध हुन पुगेको थियो । मंसिर तेस्रो साताभित्र गाडी सुचारु गर्नेगरी बेलिब्रीज पुनः जडान कार्य भईरहेको गाईघाट दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इन्जिनियर (डिई) गोपाल खकुरेलले बताए ।

         उनका अनुसार बेलिब्रीज पुनः जडानका लागि दसैतिहार अघि नै ठेक्का प्रक्रिया टुंग्याइएकाले तिहारलगत्तै काम थालिएको हो । बेलिब्रीज जडान र खोल्नका लागि चालुवर्ष कार्यालयले ८४ लाख लागत मूल्यमा रेग्मी निर्माण सेवा गाईघाटलाई ठेक्का दिएको छ । बेलिब्रीज खोलेसँगै खोटाङ र उदयपुरको गाडीहरु कोशी वारीपारी नै रोकिने गरेका छन । त्यहाँसम्म पुगेका यात्रुलाई रसुवाघाटस्थित झोलुंगे पुल तर्नुपर्ने या डुंगाको सहारा लिएर वारपार गर्नुपर्ने बाध्यता रहेको छ ।

    दुई जिल्लालाई सोझो यातायात जोड्ने सगरमाथा लोकमार्गको मुख्य नाका कोशीमा झण्डै दसकयता बेलिब्रीजको प्रयोग गरिदै आएको छ ।

    सम्बन्धित समाचार