Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    संमृद्धको जन्मदिनमा अभिभावक विहिन विद्यार्थीलाई सहयोग

    संमृद्धको जन्मदिनमा अभिभावक विहिन विद्यार्थीलाई सहयोग


    • मंगलवार, मंसिर ९ २०७७

    • नेपाल वाइड


    संमृद्धको जन्मदिनमा अभिभावक विहिन विद्यार्थीलाई सहयोग
    बालक संमृद्ध राई र उनको जन्मदिनमा ज्योती माविको नाममा जम्मा गरिएको रकमको भौचर

          खोटाङ । मंसिर ९, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका बालक संमृद्ध राईले अभिभावक विहिन विद्यार्थीलाई आर्थिक सहयोग गर्दै जन्मदिन मनाएका छन् । विद्या संस्कार (साविकको चेल्सी ईन्टरनेशनल स्कुल) काठ्माण्डौंमा कक्षा २ मा अध्ययनरत संमृद्धले ७ वर्ष पुरा गरी ८ वर्ष प्रवेश गरेको अवशरमा मंगलबार ज्योती मावि जालपा (खोटाङ)मा अध्ययनरत अभिभावक विहिन छात्र/छात्रालाई आर्थिक सहयोग गरेका हुन् ।

         जन्मदिनको अवशरमा गत वर्ष चितवनको ‘सानोघर’ नामक संस्थालाई आर्थिक सहयोग गरेका संमृद्धले यसपल्ट अभिभावक विहिन विद्यार्थीलाई ७ हजार आर्थिक सहयोग पठाएर जन्मदिन मनाएका हुन् । संमृद्धका परिवारले ज्योती माविको नाममा सालपा विकास बैंकमा खोलिएको खातामा सहयोग रकम जम्मा गरिदिएका छन् ।

         ज्योती माविले सञ्चालन गरिरहेको ‘ज्योतीका साथीहरु’ नामक अभियानमा हातेमालो गर्ने प्रयासमा संमृद्धका परिवारले उनको जन्मदिनमा अभिभावक विहिन विद्यार्थीको नाममा सहयोग रकम पठाएका हुन् । ‘सक्नेले नसक्नेलाई सहयोग गर्ने र बाँडेर खाने संस्कारको विकासका लागि’ संमृद्धले जन्मदिनमा आफ्नो उमेरको संख्या बराबरको आर्थिक रकम सामाजिक हितमा काममा खर्च गर्दैआएका छन् ।

         संमृद्ध जति वर्ष पुग्छ जन्मदिनमा उति नै हजार रकम सामाजिक काममा खर्च गर्न सुरु गरिएको आमा रिंकु राईले बताईन् । २०७६ सालदेखि जन्मदिनमा आफन्तलाई बोलाएर भोज खुवाउनुको सट्टा त्यो रकमलाई परोपकारी सहयोगका लागि खर्च गर्न सुरु गरिएको हो ।

    ‘संमृद्धको सानो सहयोगले ज्योती माविमा अध्ययनरत अभिभावक विहिन विद्यार्थीलाई सघाउ पुग्ने छ,’ संमृद्धको बुवा दिपेन्द्र राईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सानाको सहयोगले ज्योतीका साथीहरु नामक अभियान संवृद्ध बन्दै जाओस् ।’



     

    सम्बन्धित समाचार