मंगलवार, मंसिर ९ २०७७
नेपाल वाइड
काठमाडौं । कोरोना संक्रमणका कारण सशस्त्र प्रहरी बलमा कार्यरत एक इन्स्पेक्टरको निधन भएको छ । सशस्त्र प्रहरी बलका इन्सपेक्टर नवीन बुढाथोकीको गएराति निधन भएको हो ।
संक्रमणपछि भेन्टिलेटरमा राखेर विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचार गराइरहेका उनको मृत्यु भएको सशस्त्र प्रहरी बलका प्रवक्ता एवं डीआईजी राजु अर्यालले जानकारी दिए ।
सशस्त्रमा ०६८ सालमा सेवा प्रवेश गरेका इन्सपेक्टर सशस्त्र प्रहरी ३ नम्बर गण मोरङमा दरबन्दी थियो । उनमा २७ असोजमा संक्रमण पुष्टि भएको थियो । सशस्त्रमा हालसम्म कोरोना संक्रमणकै कारण ३ जनाको ज्यान गइसकेको छ ।