Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    आगलागीबाट विस्थापित परिवारलाई गाउँपालिकाको राहत

    आगलागीबाट विस्थापित परिवारलाई गाउँपालिकाको राहत


    • सोमवार, मंसिर ८ २०७७

    • नेपाल वाइड


    आगलागीबाट विस्थापित परिवारलाई गाउँपालिकाको राहत
    अग्नी पिडित परिवारलाई राहत प्रदान गर्दै गाउँपालिका अध्यक्ष भूपेन्द्र राई

           खोटाङ । मंसिर ८, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले आगलागीबाट विस्थापित परिवारलाई राहत प्रदान गरेको छ । मंसिर ६ गते भएको आगलागीबाट विस्थापित भएका दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे साउनेडाँडाका गौरवबहादुर राईको परिवारलाई गाउँपालिकाले राहत स्वरुप ३० हजार सहयोग गरेको हो ।

           अग्नी पिडित परिवारलाई सोमबार गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले घरैमा पुगेर राहत रकम हस्तान्तरण गरेका छन् । वडाध्यक्ष लोकेन्द्र राई, वडासदस्य अमृत गिरी लगायतको उपस्थितिमा अग्नी पिडितलाई राहत प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

          गौरवबहादुर बृद्धावस्थाका आमासँग बस्दै आएका थिए । घरमा भएका नगद ६० हजार, अन्नपात लगायत जल्दा राई परिवारको करिब तीन लाखको क्षती भएको अनुमान गरिएको वडाध्यक्ष राईले बताए । घर जलेपछि गौरबहादुर चित्राले बारेको छाप्रामा बसिरहेका छन् ।

    आगालागी भई नष्ट भएको गौरवबहादुर राईको घर.jpg
    आगलागी भई क्षेत्ती भएको गौरवबहादुर राईको घर

    सम्बन्धित समाचार