Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

    नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता


    • सोमवार, मंसिर ८ २०७७

    • नेपाल वाइड


    नेकपाका कार्यकारी अध्यक्ष  प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता
    फायल तस्बिर

           काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष प्रचण्ड र चिनियाँ राजदूत होए यान्छीबीच भेटवार्ता भएको छ । आज बिहान प्रचण्ड निवास खुमलटारमा पुगेकी राजदूत यान्छी र प्रचण्डबीच भेटवार्ता भएको हो । राजदूत यान्छीलाई भेट्नुअघि प्रचण्डले स्थायी कमिटी सदस्य हरिबोल गजुरेल र टोपबहाहुर रायमाझीसँग भेट गरेका थिए ।

           बिहान नेताहरुसँग भएको छलफलका क्रममा चिनियाँ राजदुतले भेट्न आउन लागेको जानकारी गराएको भेटमा सहभागी नेताहरुले बताएका छन् । नेकपा विवाद उत्कर्षमा पुगेका बेला चिनियाँ राजदूतले अध्यक्ष प्रचण्डसँग भेट गरेकी हुन् । यसअघि उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत छलफल गरेकी थिइन् ।

    सम्बन्धित समाचार