Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    तिब्बतका निर्वासित सरकार प्रमुख अमेरिकाको भ्रमणमा

    तिब्बतका निर्वासित सरकार प्रमुख अमेरिकाको भ्रमणमा


    • सोमवार, मंसिर ८ २०७७

    • नेपाल वाइड


    तिब्बतका निर्वासित सरकार प्रमुख अमेरिकाको भ्रमणमा

           तिब्बतको निर्वासित सरकार प्रमुख डा. लोबसाङ साङ्गे अमेरिका पुगेका छन् । अमेरिका पुगेलगत्तै डा. साङ्गेले शुक्रबार ह्वाइट हाउसका तिब्बती मामिलाका नवनियूक्त समन्वयकर्ता रोबर्ट डेस्ट्रोसँग भेट गरेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

           तिब्बतको निर्वासित सरकार प्रमुखको अमेरिका भ्रमण ६ दशकमा यो पहिलो भएको जनाइएको छ । केन्द्रीय तिब्बती प्रशासन(सिटिए)का लागि यो एउटा ऐतिहासिक कदम भएको विज्ञहरू बताउँछन् ।

         यसले सिटिएको प्रजान्त्रिक व्यवस्था र यसका राजनीतिक प्रमुखलाई मान्यता प्रदान गरेको उनीहरूको भनाइ छ । ‘हामी खुशी छौं किनकी दुई लोकतन्त्रले एकअर्कालाई मान्यता दिइरहेका छन्। सिटीए र यसका नेताको ह्वाइट हाउसमा स्वागत हुनु एउटा राम्रो सुरूवात हो,’ सिटिएका प्रवक्ताले भने।

        यस घटनाले पहिलेदेखि नै तनावमा रहेको चीन-अमेरिकी सम्बन्धमा अझ तनाव बढाउने उल्लेख गरेको छ । चीनले तिब्बतलाई आफ्नो महत्वपूर्ण भूभागका रूपमा हेर्दै आएको छ भने भारतसहितका पश्चिमा मुलुकले तिब्बतको स्वतन्त्रताका पक्षमा कुरा गर्दै आएका छन् ।

    सम्बन्धित समाचार