Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङको जन्तेढुंगामा जनता समाजवादीको पालिका समिति

    खोटाङको जन्तेढुंगामा जनता समाजवादीको पालिका समिति


    • आइतवार, मंसिर ७ २०७७

    • नेपाल वाइड


    खोटाङको जन्तेढुंगामा जनता समाजवादीको पालिका समिति
    पालिका स्तरिय समिति गठन पश्चात जनता समाजवादीका नेता तथा कार्यकर्ता

           खोटाङ । मंसिर ७, खोटाङको जन्तेढुंगा गाउँपालिकामा संघीय समाजवादी र राजपालाई जनता समाजवादीमा रुपान्तरण गरिएको छ । केन्द्रमा संघीय समाजवादी र राजपाबीचमा एकता भएको केही समयपछि गाउँपालिका स्तरिय पार्टी समितिलाई जनता समाजवादीमा रुपान्तरण गरिएको हो ।

           राजपाको संगठन नभएको जन्तेढुंगा गाउँपालिकामा सुक्रिम राईको अध्यक्षतामा २१ सदस्यीय जनता समाजवादी पार्टीको गाउँपालिका समिति गठन गरिएको छ । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य सनबहादुर राई, राकेश राई, प्रदेश सदस्य केशवराज कार्की लगायतको उपस्थितिमा जनता समाजवादीको पालिकास्तरिय समिति निर्माण गरिएको जनता समाजवादी पार्टीका प्रकाशन तथा प्रचार बिभाग प्रमुख रबिन खम्बूले जानकारी दिए ।

           जिल्ला समितिको एकीकरण गर्नु अगाडि हाल संघीय समाजवादीको पालिका स्तरिय समितिलाई जसपामा रुपान्तरण गर्ने कार्यक्रम भइरहेको छ । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामा एकतापछिको रुपान्तरण टुंग्याइएपछि जिल्ला कार्य समितिको एकता टुंग्याइने संघीय समाजवादीका जिल्ला अध्यक्ष टंक थापाले बताए ।

     

     

    सम्बन्धित समाचार