Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    मालपोत कार्यालय तुलसीपुरका दुई जना कर्मचारी ३ लाख २० हजार घुससहित पक्राउ

    मालपोत कार्यालय तुलसीपुरका दुई जना कर्मचारी ३ लाख २० हजार घुससहित पक्राउ


    • शनिवार, मंसिर ६ २०७७

    • नेपाल वाइड


    मालपोत कार्यालय तुलसीपुरका दुई जना कर्मचारी ३ लाख २० हजार घुससहित पक्राउ
    सांकेतिक तस्बिर

           दाङ । मालपोत कार्यालय तुलसीपुरका दुई जना कर्मचारी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगन्जको टोलिले कार्यालयका दुई जना कर्मचारीलाई ३ लाख २० हजार रकमसहित रंगेहात पक्राउ गरेको हो । 

        घुस रकमसहित मालपोत कार्यालयका तामेली फाँटका बरिष्ठ नायवसुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरे रहेको अख्तियार कार्यालय नेपालगञ्ज प्रमुख गणेश गैरेले जानकारी दिए । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको बताइएको छ । 

    सम्बन्धित समाचार