शुक्रवार, मंसिर ५ २०७७
नेपाल वाइड
खोटाङ । मंसिर ५, बैदेसिक रोजगारीका सिलसिलामा कतारमा रहेका खोटाङका गजेन्द्र खालिङ राईले गीत/संगीतका क्षेत्रमा डेव्यू गरेका छन् । रावाबेँसी गाउँपालिका–६ हौंचुर घर भइ हाल कतारमा रहेका राईको ‘दोहा कतारमा’ बोलको पहिलो गीत उर्मिला राई खालिङको यू–टुवमार्फत सार्वजनिक गरिएको छ ।
चर्चित गायक राजेश पायल राई र उर्मिला खालिङको स्वर रहेको गीतमा चाडबाड विशेषमा दोहा कतार रहँदाको अनुभुतीलाई समेटिएको छ । जिविहाङ राईको संगीत रहेको पाँच मिनेट लामो गीत सेवा रेकर्डिङ स्टुडियो अनामनगर काठ्माण्डौंमा रेकर्ड गरिएको हो । गीतकार राई सामाजिक गतिविधिमा समेत क्रियासिल छन् ।
गितको भिडियो