Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    जनगणनाका लागि तथ्यांक विभागमा जागीर खुल्यो

    जनगणनाका लागि तथ्यांक विभागमा जागीर खुल्यो


    • बिहिवार, मंसिर ४ २०७७

    • नेपाल वाइड


    जनगणनाका लागि तथ्यांक विभागमा जागीर खुल्यो
    फायल तस्बिर

        काठमाडौं । केन्द्रीय तथ्यांक विभागले १२ औं राष्ट्रिय जनगणनाका लागि तथ्यांक संकलक/डिजिटाइजर पदको आवेदन खुलाएको छ । स्थानीय तहहरूको गणना क्षेत्र नक्सा तयारीका लागि २२ जना संकलक/डिजिटाइजर करारमा नियुक्त गर्न लागेको हो ।

         जिओमेटिक्स इन्जिनियरिङमा डिप्लोमा उत्तीर्ण वा प्रमाणपत्र (प्लस टु) उत्तीर्ण गरी तीन महिना जीआइएस सम्बन्धी काम गरेको व्यक्तिले यो पदका लागि आवेदन दिन सक्ने विभागले जनाएको छ ।

         योग्य उम्मेदवारहरूलाई सात दिनभित्र विभागको प्रशासन शाखामा आवेदन दिन भनिएको छ । बढीमा आगामी फागुन मसान्त करार अवधी रहने यो पदका लागि मासिक पारिश्रमिक २८ हजार २०० तोकिएको छ । १२ औं जनगणना २०७८ जेठ २५ देखि असार ८ सम्म हुने भनिएको छ ।

    सम्बन्धित समाचार