Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    पद सम्हाले लगत्तै बिहारका शिक्षामन्त्रीद्धारा दिए राजीनामा

    पद सम्हाले लगत्तै बिहारका शिक्षामन्त्रीद्धारा दिए राजीनामा


    • बिहिवार, मंसिर ४ २०७७

    • नेपाल वाइड


    पद सम्हाले लगत्तै बिहारका शिक्षामन्त्रीद्धारा दिए राजीनामा

        गत सोमबार बिहारको शिक्षामन्त्रीमा शपथ लिएका मेवालाल चौधरीले बिहीबार राजीनामा दिएका छन् । उनले बिहीबार आफ्नो पदभार सम्हालेसँगै राजीनामा दिएका हुन् ।

         सहायक प्राध्यापक तथा जुनियर वैज्ञानिकको नियुक्तिमा अनियमितताको मुद्दाको कारण उनले नैतिकताको आधारमा राजीनामा दिएका हुन् । बिहारमा हालै सम्पन्न भएको विधानसभा निर्वाचनमा जित हात पारेको एनडीए गठबन्धनको तर्फबाट गत सोमबार चौधरीले मन्त्रीको शपथ लिएका थिए ।

       एनडीएले यो निर्वाचनमा अपराध, भ्रष्टाचार र साम्प्रदायिकतामा कहिले पनि सम्झौता नगर्ने दाबी गर्दै आएको थियो । सोही मुद्दा उठाउँदै विपक्षीले चौधरीलाई शिक्षामन्त्री बनाइएकोमा विरोध जनाएका थिए । विरोधपछि एनडीएले उनलाई पदबाट राजीनामा दिन लगाएको हो । एजेन्सी 

    सम्बन्धित समाचार