Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सुनकाे भाउमा प्रतितोला ७ सयले गिरावट

    सुनकाे भाउमा प्रतितोला ७ सयले गिरावट


    • बिहिवार, मंसिर ४ २०७७

    • नेपाल वाइड


    सुनकाे भाउमा प्रतितोला ७ सयले  गिरावट
    फायल तस्बिर

           काठमाडौं । अन्तर्राष्ट्रिय बजार पछ्याउँदै स्थानीय बजारमा सुनचाँदीको भाउमा गिरावट आएको छ । एकै दिन सुन तोलामा ७ सय रुपैयाँले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाल सुनको भाउ तोलाको ९४ हजार ४ सय तोकेको छ । हिजो बुधबार तोलाको ९५ हजार एक सय रुपैयाँ थियो ।

    यस्तै तेजाबी सुनको भाउ पनि तोलामा ७ सयले नै घटेर ९३ हजार ९ सय कायम भएको छ । हिजो बुधबार तेजाबी सुनको भाउ तोलाको ९४ हजार ६ सय थियो । चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १२ सय १५ कायम भएको छ । हिजो तोलाको १२ सय ३० रुपैयाँ थियो ।

    सम्बन्धित समाचार