काठमाडौं । डाँका मुद्दाका फरार आरोपी १६ वर्षपछि पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालयल पशुपतिनगरको समन्वयमा ३९ वर्षीय जगन्नाथ ढकाललाई पक्राउ गरेको हो ।
उनी मकवानपुरको हेटौंडा उपमहानगरपालिका–७ नागसोतीका हुन्। २०६४ भदौ ६ गते जिल्ला अदालत काठमाडौंले डाँका मुद्दामा दोषी ठहर्याउँदै उनलाई ६ वर्ष कैद र १ लाख ९६ हजार ६५० रूपैयाँ जरिवानाको फैसला सुनाएको छ ।
२०६१ असोज ७ गते काठमाडौंको जडिबुटीमा बनेपाबाट बा १६ प ६८३१ नम्बरको मोटरसाइकलमा आउँदै गरेका पीडितलाई नियन्त्रणमा लिई जबर्जस्ती भ्यानमा राखेर नगद १० लाख २५ हजार रूपैयाँ, मोटरसाइकल र मोबाइल समेत गरी जम्मा ११,६३,९०० रूपैयाँ बराबरको धनमाल डाँका गरेको घटनामा ढकाललाई उक्त कैद तथा जरिवाना फैसला भएको थियो ।