Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    मन्त्रिपरिषद् बैठक २ बजेका लागि सारियो

    मन्त्रिपरिषद् बैठक २ बजेका लागि सारियो


    • बुधवार, मंसिर ३ २०७७

    • नेपाल वाइड


    मन्त्रिपरिषद् बैठक २ बजेका लागि सारियो
    फायल तस्बिर

          काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक २ बजेका लागि सारेका छन् । १ बजे नेकपा सचिवालय बैठक बोलाइएको छ ।  सोही समय पारेर प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।

          प्रधानमन्त्रीले सचिवालय बैठक सार्नका लागि यस्तो गरेको आरोप लागेपछि मन्त्रिपरिषद् बैठक २ बजेका लागि सारिएको हुन सक्ने एक मन्त्रीले बताए ।

         नेकपाको विवाद उत्कर्षमा पुगेका बेला पर्यटनमन्त्रीसमेत रहेका नेता योगेश भट्टराईले ‘सर्वाधिक कठिन समय’ भएको बताएका छन् । उनले ट्वीटरमा सो कुरा उल्लेख गरेका हुन् ।

     नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले भने पार्टीको सचिवालय बैठक पूर्व निर्धारित समयमा नै बस्ने बताएका छन् । 

    सम्बन्धित समाचार