शनिवार, कार्तिक २९ २०७७
नेपाल वाइड
खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीकी एक संक्रमितलाई कोरोनामुक्त हुन महिना दिनभन्दा बढि समय लागेको छ । गत असोज १८ गते कोरोना संक्रमण पूष्टी भएकी ५० वर्षीय महिलालाई कोरोनामुक्त हुन महिना दिनभन्दा बढि समय लागेको हो ।
तेश्रो पटकसम्म गरिएको पिसिआर परिक्षणमा कोरोना पोजिटिभ देखिएकी महिलालाई चौथोपल्ट गरिएको परिक्षणमा कोरोना नेगेटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पवन पोखरेलले बताए । उनी शनिबार संक्रमणमुक्त भएकी हुन् । माईती घर बिराटनगर पुगेर घर फर्किएकी महिला र काठ्माण्डौंबाट घर फर्किएका एक पुरुषको गत असोज १६ गते स्वाव संकलन गरेर परिक्षणमा पठाउँदा संक्रमण पुष्टी भएको थियो ।
उनको गत असोज ३० गते दोश्रोेपल्ट, कात्तिक १४ गते तेश्रोपल्ट र कात्तिक २६ गते चौथोपल्ट स्वाव संकलन गरेर पिसिआर परिक्षणमा पठाइएको थियो । उनीसँगै संक्रमण पूष्टी भएका अर्का पुरुषलाई पनि तेश्रोपल्ट परिक्षण गर्दा मात्र कोरोना नेगेटिभ देखिएको थियो ।
बाँकी रहेकी एक महिलालाई पनि चौथोपल्टको परिक्षणमा कोरोना नेगेटिभ देखिएपछि गाउँपालिका संक्रमणमुक्त बनेको स्वास्थ्य शाखा संयोजक पोखरेलले बताए । संक्रमितलाई होमआइसोलेसनमा राख्ने व्यवस्था गरिएको थियो । जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या ६६ पुगेको छ ।