Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सार्वभौमिकता, राष्ट्रिय अखण्डताको पक्षमा सधैं अडिग छौं : नेपाली कांग्रेस

    सार्वभौमिकता, राष्ट्रिय अखण्डताको पक्षमा सधैं अडिग छौं : नेपाली कांग्रेस


    • शुक्रवार, कार्तिक २८ २०७७

    • नेपाल वाइड


    सार्वभौमिकता, राष्ट्रिय अखण्डताको पक्षमा सधैं अडिग छौं :  नेपाली कांग्रेस
    सांकेतिक तस्बिर

           काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपालको सार्वभौमिकता, राष्ट्रिय अखण्डताको पक्षमा सधैं अडिग रहने स्पष्ट पारेको छ । चिनियाँ मुखपत्र ‘ग्लोबल टाइम्स’ ले कांग्रेस, भारत र पश्चिमा शक्तिहरुले नेपाल–चीन सीमा विवाद उक्साइरहेको आरोप लगाएपछि कांग्रेसले मुलुकको सार्वभौमिकता र राष्ट्रिय अखण्डताको पक्षमा सधैं अडिग रहने स्पष्ट पारेको हो ।

         कांग्रेसले शुक्रबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकपछि विज्ञप्ति जारी गर्दै ‘ग्लोबल टाइम्स’ को समाचारलाई आधारहीन र आपत्तिजनक टिप्पणी भन्दै निन्दा गरेको छ ।

        “ग्लोबल टाइम्सको आधारहीन र आपत्तिजनक टिप्पणीको नेपाली कांग्रेस निन्दा गर्दछ । नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र सुरक्षा हाम्रो सर्वोच्च स्वार्थ हो । नेपाली कांग्रेस छिमेकी देशहरु लगायत सबै मित्रराष्ट्रहरुसँग सार्वभौम बराबरीको आधारमा सम्बन्ध राख्ने कुरामा विश्वास गर्दछ,” मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

         विज्ञप्तिमा लेखिएको छ, “नेपाली कांग्रेस नेपाल बाहेक कुनै पनि देशको परस्त पार्टी हुन सक्दैन । नेपालको सार्वभौमिकता, राष्ट्रिय अखण्डता माथि कुनैपनि देशबाट हुने र हुन सक्ने अतिक्रमण र उल्लंघनको विपक्षमा नेपाली कांग्रेस सधैं अडिग छ र अडिग रहनेछ ।”

         चीनले कांग्रेसलाई भारत परस्त पार्टीका रुपमा ब्याख्या गरेपछि उसले आफूलाई  नेपालबाहेक कुनै पनि देशको परस्त पार्टी हुन नसक्ने स्पष्ट पारेको हो ।

    सम्बन्धित समाचार