शुक्रवार, कार्तिक २८ २०७७
नेपाल वाइड
दाङ । दाङको घोराहीबाट एउटा चितुवाको छाला र साढे ३ केजी बढी अफिमसहित दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका १२, हापुरका २६ वर्षीय मधु डाँगी र प्युठानको नौबहिनी गाउँपालिका ५ का २७ वर्षीय धनसिंह टमाटा छन् ।
पक्राउ परेका युवाहरुको साथबाट ६ फिट ११ इन्च लामो चितुवाको छाला र ३ किलो ७५० ग्राम अफिम बरामद भएको छ । गोप्य सूचनाका आधारमा उनीहरुलाई घोराही ८ बनगाउँबाट पक्राउ गरिएको एसपी गणेश चन्दले जानकारी दिए । उनका अनुसार पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।