Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    जन्तेढुंगा गाउँपालिकाे छिरुवाधारामा सामुदायीक स्वास्थ्य ईकाई स्थापना

    जन्तेढुंगा गाउँपालिकाे छिरुवाधारामा सामुदायीक स्वास्थ्य ईकाई स्थापना


    • बिहिवार, कार्तिक २७ २०७७

    • नेपाल वाइड


    जन्तेढुंगा गाउँपालिकाे छिरुवाधारामा सामुदायीक स्वास्थ्य ईकाई स्थापना
    सामुदायीक स्वास्थ्य इकाई उद्घाटनका अबरशरमा बोल्दै सांसद बिशाल भट्टराई

            खोटाङ । कात्तिक २७, दुरदराजमा रहेका सर्वसाधारणलाई लक्ष्यीत गर्दै खोटाङको जन्तेढुंगा गाउँपालिकाले सामुदायीक स्वास्थ्य ईकाई स्थापना गरेको छ । स्वास्थ्य सेवा लिनका लागि १ घण्टाभन्दा बढि समय हिँड्नुपर्ने बाध्यता झेल्दै आएका सर्वसाधारणलाई आफ्नै ठाउँमा स्वास्थ्य सेवा उपलव्ध गराउने लक्ष्यकासाथ जन्तेढुंगा गाउँपालिका–५ चिसापानीको खुटा छिरुवाधारामा सामुदायीक स्वास्थ्य ईकाई स्थापना गरिएको हो ।

           स्वास्थ्यचौकी सरहको सेवा सुविधा दिनेगरी स्थापना गरिएको सामुदायीक स्वास्थ्य इकाई बिहिबार प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले उद्घाटन गरेका छन् । सामान्य स्वास्थ्य उपचारका लागि घण्टौं हिँडेर स्वास्थ्यचौकीमा पुग्न बाध्य सर्वसाधारणलाई ध्यानमा राखेर सामुदायीक स्वास्थ्य इकाई स्थापना गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक पवन पोखरेलले बताए ।

          दुरदराजमा रहेका नागरिकलाई घरैमा स्वास्थ्य सेवा पुर्‍याउने सरकारको निती अनुशार एक जना अहेव र एक जना अनमी व्यवस्था गरेर छिरुवाधारामा सामुदायीक स्वास्थ्य इकाई स्थापना गरिएको हो । स्वास्थ्यमा सबैको पहुँच विस्तारका लागि गत वर्ष जन्तेढुंगा गाउँपालिका–१ देबिस्थानको सिक्किमटारमा सामुदायीक स्वास्थ्य इकाई स्थापना गरिएको थियो ।

          चालु आर्थिक वर्षभित्र ६ वडा रहेको गाउँपालिकाका हरेक दुर्गम क्षेत्रमा सामुदायीक स्वास्थ्य इकाई स्थापनाको काम सम्पन्न गर्ने लक्ष्य राखिएको स्वास्थ्य शाखा संयोजक पोखरेलले बताए । स्वास्थ्यचौकी पुग्नका लागि १ घण्टाभन्दा बढि समय लाग्ने ठाउँमा सामुदायीक स्वास्थ्य इकाई स्थापनाका लागि गाउँपालिकाले गत वर्ष निती तथा कार्यक्रम पारित गरेको थियो ।

        सामुदायीक स्वास्थ्य इकाई उद्घाटनकाक्रममा गाउँपालिका अध्यक्ष शंकर राई, उपाध्यक्ष विमला राई, प्रमुख प्रशासकीय अधिकृत गिरीराज भट्टराई, वडाध्यक्ष, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

    Health 2 छिरुवाधारामा सामुदायीक स्वास्थ्य ईकाई स्थापना.jpg

    चिसापानीको खुटा छिरुवाधारामा स्थापना गरिएको सामुदायीक स्वास्थ्य ईकाई

    सम्बन्धित समाचार