Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङबजारमा आगलागी हुँदा साँढे १० लाख बराबरको क्षती

    खोटाङबजारमा आगलागी हुँदा साँढे १० लाख बराबरको क्षती


    • बिहिवार, कार्तिक २७ २०७७

    • नेपाल वाइड


    खोटाङबजारमा आगलागी हुँदा साँढे १० लाख बराबरको क्षती
    फायल तस्बिर

        खोटाङ । कात्तिक २७, आगलागी हुँदा खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका घनश्याम फुयाँलको भैंसी र बाख्रा डढेर मरेको छ । बुधबार राती गुवाली (गोठ)बाट सुरु भएको आगोले एउटा व्याउने भैंसी र तीन वटा बाख्रा डढेर मरेको हो ।

         आगोले जल्दा एउटा पाडा बाँच्नै नसक्ने अवस्थामा पुगेको छ । गोठ तथा गोठसँगै रहेको मतान, पशु तथा चौपाय, मतानमा स्टोर गरेर राखिएको काठ लगायत जल्दा करिब साँढे १० लाख बराबरको क्षती भएको अनुमान गरिएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए ।

        भैंसी बाँधेर राखिएको ठाउँबाट आगो सुरु भएको देखिएको छ । यद्यपी आगलागीको कारण खुल्न सकेको छैन । जस्ताको छाना भएको घर भने जोगाइएको वडाध्यक्ष शिव फुयाँलले बताए । टिनको छाना भएकाले घर भने आगलागीबाट जोगिएको बताइएको छ ।

        अग्नी पिडित फुयाँल शिक्षक हुन् । वर्ष दिनअघि मात्र विद्युत सर्ट भएर माणिकलाल प्रधानको घरमा आगलागी हुँदा सोही घरमा रहेको फुयालको स्टेशनरी पशल पूर्णरुपमा जलेको थियो । गत मंसिर ३० गते भएको आगलागीमा फुयाँलको १५ लाख बराबरको क्षती भएको थियो ।

    सम्बन्धित समाचार