Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    आगामी मंसिर २ गते नेपालभर सार्वजनिक विदा

    आगामी मंसिर २ गते नेपालभर सार्वजनिक विदा


    • बुधवार, कार्तिक २६ २०७७

    • नेपाल वाइड


    आगामी मंसिर २ गते नेपालभर सार्वजनिक विदा
    फायल तस्बिर

        सरकारले आगामी मंसिर २ गते नेपालभर सार्वजनिक विदा दिने भएको छ । गृहमन्त्रालयले सूचना जारी गर्दै मंसिर २ गते सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिएको हो । गृहका प्रवक्ता सहचक्र बहादुर बुढाले विज्ञप्ति मार्फत मंसिर २ गते नेपालभर सार्वजनिक विदा हुने जानकारी दिएका हुन् ।

         उनका अनुसार किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको र उक्त दिन सरकारी कार्यालय पनि बन्द रहने छन् । भाइटिकाको भोलिपल्ट नेवाः समुदायले किजा पूजा अर्थात् भाइ पूजा मनाउने गर्छन् ।

        यस वर्ष मंसिर १ गते भाइटिका परेको छ । किजा पूजामा म्हः पूजाकै दिनमा जस्तै मण्डप तयार गरी सबै प्रकारका फलफूल राख्ने गरिन्छ ।त्यसपछि दाजुभाइ दिदीबहीनीले एकअर्कालाई अक्षता, अविर, दहि, चिउरा र पानी राखेको रातो टीका लगाइदिन्छन् ।

       त्यसलाई नेवारी संस्कारमा ‘जाकि सिन्ह’ भनिन्छ । त्यसपछि एकअर्काको दीर्घायूको कामना गर्दै सगुन, उपहार र खानेकुरा आदि दिने गरिन्छ । नेवार समुदायले तिहारलाई स्वन्ति नखः भन्छन् । उनीहरुले तिहारको बेला लक्ष्मी, म्ह, किजा पूजा र नेपाल सम्वत विशेष रुपमा मनाउने गर्छन् ।

    सम्बन्धित समाचार