Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    कोरोना संक्रमणका कारण पूर्वसभामुख महराकी श्रीमतीको निधन

    कोरोना संक्रमणका कारण पूर्वसभामुख महराकी श्रीमतीको निधन


    • बुधवार, कार्तिक १९ २०७७

    • नेपाल वाइड


    कोरोना संक्रमणका कारण पूर्वसभामुख महराकी श्रीमतीको निधन

           काठमाडौं । कोरोनाभाइरसका कारण पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमतीको निधन भएको छ । दशैंमा पुख्र्यौंली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कात्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । 

         निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कात्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याइ नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो । नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो । 

    १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै बुधबार आज बिहान ६ः२५ बजे निधन भएको अस्पतालले पुष्टि गरेको महराको सचिवालयले जनाएको छ । 

    सम्बन्धित समाचार