Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    भेन्टिलेटरमा उपचाररत काँग्रेस नेता विश्वकर्माको होस खुल्यो

    भेन्टिलेटरमा उपचाररत काँग्रेस नेता विश्वकर्माको होस खुल्यो


    • मंगलवार, कार्तिक १८ २०७७

    • नेपाल वाइड


    भेन्टिलेटरमा उपचाररत काँग्रेस नेता  विश्वकर्माको होस खुल्यो
    फायल तस्बिर

         काठमाडौं । पूर्व वाणिज्य मन्त्री तथा नेपाली काँग्रेसका नेता मीन विश्वकर्माको मंगलबार होस खुलेको छ । कोरोना संक्रमणपछि ग्रान्डी इन्टरनेशनल अस्पतालको भेन्टिलेटरमा उपचाररत विश्वकर्माको मंगलबार होस खुलेको हो ।

         ६ दिनदेखि वेहोस विश्वकर्माको मंगलबार होस् खुलेको र कोरोना रिपोर्ट पनि नेगेटिभ आएको स्वकीय सचिव टेकबहादुर विकले जानकारी दिए । चिकित्सकका अनुसार विश्वकर्माको स्वास्थ्यमा क्रमिक सुधार भएको र फोक्सोले पनि काम गर्न थालेको छ । गत १ कात्तिकमा कोरोना पोजेटिभ आएपछि होम आइसोलेसन बसेका थिए । ज्वरो र खोकी देखिएपछि उनी कात्तिक ८ गते वीर अस्पतालमा भर्ना भएका  थिए ।

        नेता विश्वकर्माको श्वासप्रश्वासमा पनि समस्या देखिँदा १२ गते ग्राण्डी अस्पतालको आईसीयूमा पु-याइएको थियो ।  उनलाई अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

    सम्बन्धित समाचार