Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    भत्किएको घर बनाउन बृद्ध दम्पत्तीलाई दाहाल प्रतिष्ठानको सहयोग

    भत्किएको घर बनाउन बृद्ध दम्पत्तीलाई दाहाल प्रतिष्ठानको सहयोग


    • मंगलवार, कार्तिक १८ २०७७

    • नेपाल वाइड


    भत्किएको घर बनाउन बृद्ध दम्पत्तीलाई दाहाल प्रतिष्ठानको सहयोग
    मानबहादुर खत्री र जानुकामायाँ खत्रीलाई आर्थिक सहयोग प्रदान गर्दै दाहाल प्रतिष्ठानका अध्यक्ष मिनकुमार दाहाललगायत

            खोटाङ । कात्तिक १८, दाहाल प्रतिष्ठान खोटाङले भत्किएको घर पुःननिर्माणका लागि बृद्ध दम्पत्तीलाई आर्थिक सहयोग गरेको छ । प्रतिष्ठानले वर्षाका कारण भत्किएको घर पुःननिर्माणका लागि खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ७५ वर्षीय मानबहादुर खत्री र जानुकामायाँ खत्रीलाई आर्थिक सहयोग गरेको हो ।

           गत असार ३२ गतेको भारी वर्षाका कारण भत्किएको घर पुःननिर्माणका लागि सहयोग अभियान चलिरहेका बेला दाहाल प्रतिष्ठानले वृद्ध दम्पत्तीलाई १० हजार आर्थिक सहयोग गरेको हो । वर्षाका कारण ढलेको घर ठड्याउन सक्ने अवस्था नभएका बृद्ध दम्पत्तीलाई प्रतिष्ठानले सोमवार घरैमा पुगेर रकम हस्तान्तरण गरेकोे छ ।

           सहयोग रकम दाहाल प्रतिष्ठानका अध्यक्ष मीनकुमार दाहालले खत्री परिवारलाई हस्तान्तरण गरेका छन् । ‘वृद्धवृद्धाको घर बनाउनका लागि अन्य सहयोगी व्यक्तिहरुले पनि अभियान चलाइरहनु भएको छ,’ अध्यक्ष दाहालले भने, ‘त्यही भएर हामीले पनि असहाय परिवारको सहयोग अभियानमा हातेमालो गरेका हौँ ।’ रकम हस्तान्तरणका लागि दाहाल प्रतिष्ठानका पूर्व केन्द्रीय सदस्य दिलीप दाहाल, दाहाल प्रतिष्ठानका जिल्ला सचिव लिलाबहादुर दाहाल, कोषाध्यक्ष हर्कबहादुर दाहाल, लेखा समिति संयोजक मित्रबहादुर दाहाल, प्रतिष्ठानका सदस्य नइन्द्रकुमार दाहाल, तेजबहादुर दाहाल, शारदा दाहाल लगायतको टोली बाँझेच्यानडाँडा पुगेका थिए ।

          वृद्धवृद्धाको घर निर्माणका लागि छिमेकी थिरेन्द्र भट्टराईको नेतृत्वमा सहयोग अभियान सञ्चालन भइरहेको छ । खत्री दम्पत्तीको सहयोगमा हालसम्म दुई लाख ५० हजारको हाराहारीमा रकम संकलन भइसकेको अभियान्ता भट्टराईले बताए । एक मात्र छोरीले विवाह गरेपछि घरमा वृद्ध दम्पत्ती मात्र बसिरहेका छन् ।

           केही समयअघि यूकेमा रहेकी समाजसेवी इशा गुरुङले तीज मनाउने खर्च कटाएर बृद्धबृद्धाको घर बनाउनका लागि २० हजार, संयुक्त आवाज परिवर्तन समाज नेपालले १७ हजार १५५ रुपैयाँ, साकेला गाउँपालिकाले १५ हजार, दाहाल प्रतिष्ठान प्रारम्भिक समिति निर्मलीडाँडाले ८ हजार सहयोग गरिसकेको जनाइएको छ ।

     

    सम्बन्धित समाचार