Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    धनुषामा ढिस्कोले पुरेर महिलाको मृत्यु

    धनुषामा ढिस्कोले पुरेर महिलाको मृत्यु


    • मंगलवार, कार्तिक १८ २०७७

    • नेपाल वाइड


    धनुषामा ढिस्कोले पुरेर महिलाको मृत्यु
    सांकेतिक तस्बिर

           धनुषा । धनुषाको बटेश्वर गाउँपालिका वडा नं ४ मा माटोको ढिस्कोले पुर्दा एक महिलाको मृत्यु भएको छ । प्रहरी चौकी बटेश्वरका अनुसार आज बिहान माटोको ढिस्कोमा परी  ३५ वर्षीया सुनितादेवी रविदाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

         घाइते हुनेमा १४ वर्षीया मधुकुमारी ठाकुर र सोही उमेरका रिनादेवी ठाकुर रहेकी छिन् । गम्भीर घाइतेको प्रादेशिक अस्पाल जनकपुरमा उपचार भइरहेको जनाइएको छ । दीपावलीका लागि घर लिपपोत गर्नका खेतमा माटो लिने क्रममा ढिस्को खस्दा च्यापिएर सुनिता देवीको मृत्यु भएको बताइएको छ । रासस

    सम्बन्धित समाचार