Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    बैंक तथा वित्तीय संस्था एक साता बन्द

    बागलुङमा देउसी-भैलो खेल्न नपाइने

    बागलुङमा देउसी-भैलो खेल्न नपाइने


    • मंगलवार, कार्तिक १८ २०७७

    • नेपाल वाइड


    बागलुङमा देउसी-भैलो खेल्न नपाइने
    फायल तस्बिर

          बागलुङ । नेपालीहरुको दोस्रो महान् पर्व तिहारका अवसरमा खेलिँदै आएको देउसी-भैलो यस वर्ष खेल्न नपाइने भएको छ । विश्‍वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस बागलुङको समुदायस्तरमा फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङले सोमबार १२ बुँदे निर्देशन जारी गर्दै देउसी-भैलो नखेल्न भनेको हो । 
     
          प्रशासनले सक्रिय सङ्क्रमित बढी भएर समुदायमा फैलिएको केही वडामा बन्दाबन्दी गर्ने, तिहारका अवसरमा खेलिने देउसीभैलोमा पूर्ण रोक लगाउने तथा अत्यावश्यक काममा बाहेक घरबाहिर नआउन आग्रह गरेको छ । 

          कोरोना रोकथामका लागि बागलुङ नगरपालिका १, २, ३ र ४ वडा सोमबार मध्यरातदेखि लागू हुने गरी एक साताका लागि बन्द गरिने भएको छ । देउसीभैलो खेल्दा भिड हुने भएकाले जिल्लाभर खेल्नमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए ।

        “सोमबार बसेको सर्वपक्षीय बैठकले सदरमुकामका चार वडामा अत्यावश्यकबाहेक सेवा, बजार र यातायात बन्द गर्ने र जिल्लाभर देउसीभैलो खेल्न नपाउने निर्णय गरेको छ,” प्रजिअ न्यौपानले भने, “समुदायमा कोरोना फैलिएको क्षेत्रमा बन्दाबन्दी र अन्य स्थानमा भिड हुन सक्ने भन्दै देउसी-भैलो खेल्न रोक लगाइएको हो ।”

         यस्तै बागलुङ बजार क्षेत्रका बैंक तथा वित्तीय संस्था पनि एक साता बन्द हुने भएका छन् । बागलुङ नगरपालिका र बागलुङ उद्योग वाणिज्य संघको आग्रहमा बागलुङ बजार क्षेत्रमा बन्दाबन्दी र अन्य स्थानमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । बन्दाबन्दीको समयमा अत्यावश्यक सेवा भने सञ्चालनमा रहनेछन् ।

         प्रशासनले राष्ट्रिय राजमार्ग भने बागलुङ बजारमा यात्रु झार्न र चढ्न नपाइने गरी सञ्चालन गरिने जनाएको छ । बागलुङ बजारका केही व्यवसायी, राजनीतिकर्मी, कर्मचारी, जनप्रतिनिधि र पत्रकारमा कोरोना सङ्क्रमण देखिएपछि बाध्य भएर बन्दाबन्दी गर्न लागिएको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले जानकारी दिए । रासस

    सम्बन्धित समाचार