सोमवार, कार्तिक १७ २०७७
नेपाल वाइड
खोटाङ । खोटाङमा जनता समाजवादी पार्टीनिकट ट्रेड यूनियन महासंघ गठन गरिएको छ । दिक्तेलस्थित पार्टी कार्यालयमा सोमबार भएको बैठकले जिवन तामाङको संयोजकत्वमा २५ सदस्यीय समाजवादी ट्रेड यूनियन महासंघको तदर्थ समिति गठन गरेको हो ।
जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. केके राई, केन्द्रीय सदस्य सुर्य राई, ट्रेड यूनियन महासंघका केन्द्रीय महासचिव डिबी राई सरोज, प्रदेश समिति सदस्य नविन राई, संघीय परिषद सदस्य कर्ण कार्की, जिल्ला अध्यक्ष टंक थापा, उपाध्यक्ष नैन कट्वाल, समाजवादी विद्यार्थी यूनियनको केन्द्रीय सदस्य अञ्जिलहाङ किराती लगायतको उपस्थितिमा समाजवादी ट्रेड यूनियन महासंघ गठन गरिएको हो ।