Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    कोरोना त्रासले ऐसेलुखर्कमा हाटबजार बन्द

    कोरोना त्रासले ऐसेलुखर्कमा हाटबजार बन्द


    • शनिवार, कार्तिक १५ २०७७

    • नेपाल वाइड


    कोरोना त्रासले ऐसेलुखर्कमा हाटबजार बन्द
    ऐशेलुखर्कबजार

           खोटाङ । कोरोना भाइरसको बढ्दो संक्रमण दरलाई मध्यनजर गर्दै खोटाङको ऐसेलुखर्क गाउँपालिकाले साप्ताहिकरुपमा लाग्ने हाटबजार बन्द गरेको छ । जिल्लामा दिनानुदिन कोरोनाबाट संक्रमितको संख्या बढ्न थालेपछि ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कमा सदियौंदेखि लाग्दैआएको हाटबजार बन्द गराएको हो ।

           हाटबजारमा हुने भिडभाडका कारण कोरोना संक्रमण फैलिने खतरा बढेको भन्दै गाउँपालिकाभरीकै प्रमुख व्यापारिक केन्द्रकारुपमा रहेको ऐसेलुखर्कमा हरेक शनिबारका दिन लाग्ने हाट बन्द गराइएको हो । कोरोना भाइरसबाट ‘आफु बचौं र अरुलाई पनि बचाऔं’ भन्ने मान्यताका साथ शुक्रबारदेखि अर्को व्यवस्था नभएसम्मका लागि हाटबजार बन्द गराइएको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौलाले बताए । गाउँपालिकाले औषधि, इन्धन र खाद्यान्न पसलबाहेक अन्य पसल बन्द गर्ने व्यवस्था मिलाएको छ ।

           दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सिडियो, डिएसपीदेखि जिल्ला समन्वय समितिका प्रमुख लगायतलाई संक्रमण भएपछि ऐसेलुखर्क गाउँपालिकाले पुर्वसचेतता अपनाएको जनाएको छ । संक्रमणको अवस्था हेरेर यातायात सेवा समेत बन्द गर्ने तयारी गरिएको गाउँपालिका अध्यक्ष निरौलाले बताए ।

           ऐसेलुखर्क गाउँपालिकामा हालसम्म एक जना मात्र संक्रमित फेला परेका छन् । उनी कोरोना जितेर घर फर्किसकेका छन् । सिडियो, डिएसपी, जिल्ला समन्वय समितिका प्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी लगायतको कन्ट्याक्ट ट्रेसिङका आधारमा ६६ जनाको पिसिआर परिक्षण गर्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा एकै दिन थप १२ जनालाई संक्रमण पूष्टी भएपछि दिक्तेलबजार बन्दजस्तै भएको छ ।

    सम्बन्धित समाचार