Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सामुदायिक विद्यालयमा मगर भाषाको पढाइ शुरु

    सामुदायिक विद्यालयमा मगर भाषाको पढाइ शुरु


    • शनिवार, कार्तिक १५ २०७७

    • नेपाल वाइड


    सामुदायिक विद्यालयमा मगर भाषाको पढाइ शुरु
    ऐशेलुखर्कबजार

          स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका ७ कल्लेरीमा रहेको सरस्वती आधारभूत विद्यालयमा मगर भाषा पढाउन थालिएको छ । मगर समुदायको भाषा, लिपि र रीतिरिवाजको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले मगर भाषाको पढाइ शुरु गरिएको विद्यालयका प्रधानाध्यापक दलबहादुर रानाले बताए । “पछिल्लो समय मगर समुदायका बालबालिकालाई यसबारे जानकारी नहुँदा मगर भाषा बोल्न जान्दैनन्”, प्रअ रानाले भने, “मगर भाषा संरक्षण गर्न विद्यालयमा यसको पठन पाठन शुरु गरेका हौं ।”

         विद्यालयले गत माघदेखि १ कक्षामा पाठ्यक्रम विकास केन्द्रले निर्माण गरेको पाठ्यपुस्तकलाई आधार बनाएर ऐच्छिकरुपमा १०० पूर्णाङ्कको मगर भाषा पठन पाठन शुरु गरेको हो। प्रअ रानाले आगामी शैक्षिक सत्रबाट अन्य कक्षाहरुमा पनि ऐच्छिक विषयको रुपमा मगर भाषा पढाउन  शुरु गर्ने जानकारी दिए । रासस 

    सम्बन्धित समाचार