Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङमा थप १२ जनामा कोरोना संक्रमणकाे पुष्टि, संक्रमतिको संख्या ५१ पुग्यो

    खोटाङमा थप १२ जनामा कोरोना संक्रमणकाे पुष्टि, संक्रमतिको संख्या ५१ पुग्यो


    • शुक्रवार, कार्तिक १४ २०७७

    • नेपाल वाइड


    खोटाङमा थप १२ जनामा कोरोना संक्रमणकाे पुष्टि, संक्रमतिको संख्या ५१ पुग्यो
    दिक्तेल बजार:तस्बिर सौजन्य

          खोटाङ–कात्तिक १४ । खोटाङका थप १२ जनामा कोरोना भाइरस संक्रमणकाे पुष्टि भएको छ । जिल्ला समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षकमा कोरोना संक्रमण देखिएपछि कन्ट्रायक ट्रेसिङ अन्तर्गत संकलन गरिएको स्वावको पिसिआर परिक्षण गर्दा आज १२ जनामा कोरोना संक्रमण देखिएको हो ।

          गत बुधबार ६७ जनाको संकलन गरिएको स्वाव मध्येमा शुक्रबारसम्ममा ५७ मध्ये १२ जनाको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको जिल्ला अस्पताल खोटाङका निमित्त प्रमुख तथा मेडिकल अधिकृत प्रविण झाले जानकारी दिए । वहाँका अनुशार ४५ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने बाँकी १० जनाको रिपोर्ट आउन बाँकी छ । 

         मेडिकल अधिकृत झाका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका २७ पुरुष, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडानम्बर ५ का ५० वर्षिय महिला, वडानम्बर ५ का ५२ वर्षिय पुरुष, वडानन्बर १ का ३२ बर्षिय पुरुष, वडानम्बर १ का ४५ बर्षिय पुरुष, वडानम्बर १ का ३३ वर्षिय पुरुष, वडानम्बर १ का ३२ वर्षिय पुरुष, वडानम्बर १ का ३५ बर्षिय पुरुष, वडानम्बर १ का ४२ पुरुष, वडानम्बर १ का ५३ पुरुष, वडानम्बर ३ का ३३ वर्षिय पुरुष र वडानम्बर १ का ५७ वर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । योसँगै जिल्लामा कोरोना संक्रमतिको संख्या ५१ पुगेको छ ।

     

    सम्बन्धित समाचार