Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    चलचित्र ‘आइसक्रिम’ अन्तराष्ट्रिय फेस्टिभलमा छनोट

    चलचित्र ‘आइसक्रिम’ अन्तराष्ट्रिय फेस्टिभलमा छनोट


    • शुक्रवार, कार्तिक १४ २०७७

    • नेपाल वाइड


    चलचित्र ‘आइसक्रिम’ अन्तराष्ट्रिय फेस्टिभलमा छनोट

            काठमाडौं । निर्देशक संगीता श्रेष्ठको लघु चलचित्र ‘आइसक्रिम’ ‘अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल २०२०’ मा प्रदर्शन गरिने भएको छ । बाल यौन शोषणमाथि आधारित यो लघु चलचित्र फेस्टिभलको पहिलो दिन नोभेम्वर ३ मा प्रदर्शन हुँदैछ । यो फेस्टिभल नोभेम्बर ३ देखि ८ सम्म आयोजना हुँदैछ । 

         कोरोना महामारीका कारण भर्चुअल रुपमा हुने फेस्टिभलमा पहिलो दिन नै आफ्नो चलचित्र स्क्रिनिङ हुने निर्देशक श्रेष्ठले जानकारी दिइन् । ‘अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शनका लागि छनोट हुँदा एकदम खुशी छु,’ उनले भनिन् । उनले आफूले उठान गरेको विषय संसारभर पुग्ने भन्दै खुशी व्यक्त गरिन् ।

          यो लघु चलचित्रमा सडकमा पैसा माग्दै हिँड्ने एक बालिकाको कथा समेटिएको छ । नौ मिनेट लामो चलचित्रमा भूमिका योगिशा खत्रीले मूख्य भूमिका निभाएकी छन् । आइसक्रिम’ले हाम्रो समाजका छोरीहरु बलात्कार, यौन शोषणमा कसरी पर्छन् भन्ने देखाएको छ ।

        श्रेष्ठका अनुसार यो चलचित्र अमेरिकाको ‘बेस्ट अफ ल्याटिन अमेरिका सर्ट फिल्म फेस्टिभल’, युकेको ‘फस्ट टाइम फिल्ममेकर सेसन्स’, इटालीको इन्टिमलेन्ट फिल्म फेस्टिभल र नेपालको मानव अधिकार फिल्म फेस्टिभल २०२० मा छनोट भइसकेको छ । यद्यपि पहिलो स्क्रिनिङ भने ‘अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल’मा हुने भएको हो ।

     

    सम्बन्धित समाचार