Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङका जिसस प्रमुख, प्रअिज र डिएसपीलाई कोरोना संक्रमण

    खोटाङका जिसस प्रमुख, प्रअिज र डिएसपीलाई कोरोना संक्रमण


    • शुक्रवार, कार्तिक १४ २०७७

    • नेपाल वाइड


    खोटाङका जिसस प्रमुख, प्रअिज र डिएसपीलाई कोरोना संक्रमण
    सांकेतिक तस्बिर

            खोटाङ । खोटाङमा थप तीन जनालाई कोरोना संक्रमण पूष्टी भएको छ । जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङ, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल र जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमरियालाई कोरोना संक्रमण पूष्टी भएको हो ।

         शनिबार आठ जनाको नमूना संकलन गरेर पिसिआर परिक्षणका लागि बिराटनगर पठाइएकामा आईतबार तीन जनालाई कोरोना पोजिटिभ देखिएको जिल्ला अस्पताल खोटाङका डाक्टर प्रबिण झाले बताए ।

         कोरोना संक्रमण पूष्टी भएपछि जिसस प्रमुख चाम्लिङ, प्रजिअ पौडेल र डिएसपी चिमरिया आ–आफ्नै क्वाटरमा आइसोलेसनमा बसेका छन् । जिसस प्रमुखलाई संक्रमण देखिएसँगै कम्तीमा हप्ता दिनका लागि जिल्ला समन्वय समिति बन्द गर्ने तयारी गरिएको छ ।

         यस्तै, प्रमुख जिल्ला अधिकारीलाई संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालयको अत्यावश्यक बाहेकका सेवा सेवा ठप्प पार्ने तयारी छ । अन्य कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गरेर पिसिआर परिक्षणको रिपोर्ट नआएसम्मका लागि प्रशासनको अत्यावश्यक बाहेकका सेवा ठप्प हुने प्रजिअ पौडेलले बताए । यससँगै जिल्लामा संक्रमितको संख्या ३७ पुगेको छ ।

    सम्बन्धित समाचार