Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    तस्करको समूहद्वारा हत्या गरिएका प्रहरी जवानको सम्मानसहित अछाममा अन्त्येष्टि

    तस्करको समूहद्वारा हत्या गरिएका प्रहरी जवानको सम्मानसहित अछाममा अन्त्येष्टि


    • शनिवार, कार्तिक ८ २०७७

    • नेपाल वाइड


    तस्करको समूहद्वारा हत्या गरिएका प्रहरी जवानको सम्मानसहित अछाममा अन्त्येष्टि
    प्रहरी जवान रामबहादुर साउँदको अछामको कैलाश खोलामा उच्चसम्मानसहित अन्त्येष्टि

            अछाम । कैलालीको धनगढी नगरपालिकामा तस्करको समूहद्वारा हत्या गरिएका प्रहरी जवान रामबहादुर साउँदको अछाममा सम्मानसहित अन्त्येष्टि गरिएको छ । प्रहरी जवान साउँदको अछामको कैलाश खोलामा उच्चसम्मानसहित धार्मिक संस्कार अनुशार अन्त्येष्टि गरिएको हो । प्रहरी जवान साउँदलाई उनका भाइले दागबत्ती दिएका थिए । 

          दिवंगत प्रहरी जवान साउँदको पार्थिव शरीरमा जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) योगेन्द्रसिंह थापाले नेपाल प्रहरीको झण्डा ओढाएका थिए । यस्तै, अछाम प्रहरीका सहायक निरीक्षक (असई) रमेश भट्टको टोलीले साउँदलाई शोक सलामी दिएको थियो । 

           अछामको बान्नीगढी जयगढ गाउँपालिका–५ कालिका घर भएका साउँद कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी पोस्टमा कार्यरत थिए । सीमा क्षेत्रमा भाइरहेको तस्करी रोक्न अस्थायी प्रहरी पोस्टका इञ्चार्ज (असई) गोविन्द विकसँगै साउँद शनिबार राति गस्तीमा गएका थिए ।

          गस्तीमा गएका असई विकको शव आइतबार बिहान धनगढी उपमहानगरपालिका–१० अन्तर्गत पर्ने मोहना नदीमा फेला परेको थियो । साउँदको भने मंगलबार बिहान मोहना नदीमै गाडिएको अवस्थामा शव फेला परेको थियो ।

         नेपालबाट भारततर्फ भइरहेको केराउको तस्करी रोक्दा प्रहरी जवान साउँदसहित असई विकको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले साउँद र विकको हत्यामा संलग्न रहेको आरोपमा ७ जनालाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ । प्रहरीले हत्या आरोपमा थप १ जनालाई समेत पक्राउ गरेको छ । हत्या गरिएका प्रहरी जवान साउँदका श्रीमती र २ छोरी छन् ।

    सम्बन्धित समाचार