Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बाबु हत्या गर्ने छोरा पक्राउ

    बाबु हत्या गर्ने छोरा पक्राउ


    • शनिवार, कार्तिक ८ २०७७

    • नेपाल वाइड


    बाबु हत्या गर्ने छोरा पक्राउ
    प्रतिकात्मक तस्बिर

           दाङ । आफ्नै बाबुलाई घरको छतबाट फालेर हत्या गर्ने छोरालाई दाङ प्रहरीले पक्राउ गरेको छ । बंगलाचुली गाउँपालिका २ दाङ निवासी २२ वर्षीय छोरा वीरबहादुर विकलाई शनिबार बिहान ४५ वर्षीय बुबा बालाराम विकलाई घरको छतबाट फालेर हत्या गरेको अभियोगमा पक्राउ गरेको हो । 

         जिल्ला प्रहरी प्रवक्ता (डीएसपी) सुमित खड्काका अनुसार शुक्रबार राति पौने १२ बजेतिर घरायसी विवादका क्रममा छोराले बाबुलाई घरको छतबाट फालेपछि उनको घटनास्थलमै मृत्यु भएको थियो ।

       घटनाबारे प्रहरीलाई शनिबार विहान २ बजे खबर आएको तथा त्यसपछि प्रहरी पुगेर छोरालाई नियन्त्रणमा लिएको डीएसपी खड्काले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार