Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई कोरोना संक्रमण

    एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई कोरोना संक्रमण


    • बिहिवार, कार्तिक ६ २०७७

    • नेपाल वाइड


    एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई कोरोना संक्रमण
    फायल तस्बिर

           काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पालाई कोरोना भाइरसको संक्रमण भएको छ । शेर्पाले बिहीबार आफूलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिए । ३ दिन यता असजिलो महसुस भएपिछि पीसीआर परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ देखिएको उनले बताए । 

           अहिले भने आफूमा कुनै लक्षण नरहेको शेर्पाले बताएका छन् । उनले आफ्नो संम्पर्कमा आउनेलाई सचेत रहन पनि आग्रह गरेका छन् । यसैबीच, राष्ट्रिय खेलकुद परिषद (राखेप) का पुर्व उपाध्यक्ष र नेपाल ओलम्पिक कमिटी (एनओसी) का उप महासचिव पिताम्बर तिम्सिनालाई पनि कोरोना संक्रमण पुष्टी भएको छ । उनले सामाजिक सन्जालमार्फत आफुलाई कोरोना पोजेटिभ भएको जानकारी दिएका छन् ।

    सम्बन्धित समाचार