Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    धम्की दिई चन्दा असुली गरेको आरोपमा दुईजना पक्राउ

    धम्की दिई चन्दा असुली गरेको आरोपमा दुईजना पक्राउ


    • बिहिवार, कार्तिक ६ २०७७

    • नेपाल वाइड


    धम्की दिई चन्दा असुली गरेको आरोपमा दुईजना पक्राउ
    प्रतिकात्मक तस्बिर

              बाँके । बाँकेमा धम्की दिई चन्दा असुली गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । चन्दा असुली गरेको अभियोगमा कालीकोट त्रिवेणी गाउँपालिका ९ घर भएका ३० वर्षीय राम तिरुवा र कालीकोट नरहरिनाथ गाउँपालिका ६ घर भएका भरत विकलाई प्रहरीले पक्राउ गरेको हो ।

             तिरुवा र विकले बाँके जानकी गाउँपालिका र खजुरा गाउँपालिकाका विभिन्‍न वडामा धाकधम्की दिई चन्दा असुली गर्दै गरेको भन्‍ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले नगद १२ हजार रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो । 

    सम्बन्धित समाचार