Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    आजदेखि विराटनगरमा स्वाब संकलन नहुने

    आजदेखि विराटनगरमा स्वाब संकलन नहुने


    • बिहिवार, कार्तिक ६ २०७७

    • नेपाल वाइड


    आजदेखि विराटनगरमा स्वाब संकलन नहुने
    फायल तस्बिर

            मोरङ । दशैँ बिदा परेको भन्दै विराटनगरमा आजदेखि स्वाब संकलन रोकिएको छ । कोरोना जाँचका लागि विराटनगर महानगरपालिकाले संकलन गर्दै आएको स्वाब संकलन ६ दिन बन्द गर्ने निर्णय गरेको हो । 

            महानगरले आजदेखि कात्तिक १२ गतेसम्म स्वाब संकलन बन्द गर्ने निर्णय गरेको हो । दशैंको विदामा कोशी अस्पताल विराटनगरले कोरोना जाँच नगर्ने बताएपछि स्वाब संकलन रोक्नु परेको विराटनगर महानगरपालिकाले जनाएको छ ।

           बुधबार सूचना प्रकाशित गर्दै विराटनगर महानगरपालिकाले जैन भवन र मोबाइल भ्यानबाट हुने स्वाब संकलन १२ कात्तिक सम्मका लागि रोकिने जनाएको हो । 

    सम्बन्धित समाचार