Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    रतन्छामा शिलमाथि शिल

    कोरोना संक्रमण पूष्टी भएपछि दोर्पाचिउरीडाँडालाई १४ दिनका लागि सिल

    कोरोना संक्रमण पूष्टी भएपछि दोर्पाचिउरीडाँडालाई १४ दिनका लागि सिल


    • मंगलवार, कार्तिक ४ २०७७

    • नेपाल वाइड


    कोरोना संक्रमण पूष्टी भएपछि दोर्पाचिउरीडाँडालाई १४ दिनका लागि सिल
    सांकेतिक तस्बिर

             खोटाङ । संक्रमित फेला परेपछि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडालाई सिल गरिएको छ । एक पुरुषलाई कोरोना संक्रमण पूष्टी भएपछि दोर्पाचिउरीडाँडालाई १४ दिनका लागि सिल गरिएको हो ।

           वडा कार्यालयको आइतबार बसेको आपतकालिन बैठकले एक घरबाट अर्को घरमा आउ–जाउ गर्न र अन्य वडामा जान तथा अन्य वडाबाट सो वडामा प्रवेश गर्न नपाउने गरी सिल गरिएको वडाध्यक्ष लिलाकुमार चौहानले बताए । काठ्माण्डौं पुगेर गत असोज १९ गते फर्किएका पुरुषलाई कोरोना संक्रमण पुष्टी भएको वडाकार्यालयले जनाएको छ ।

            दोर्पाचिउरीडाँडा सिल गरिएपछि दशैं समेत शिलकैबिचमा मनाउनुपर्ने भएको छ । ‘संक्रमित युवा धेरै स्थानीयको सम्पर्कमा पुगेका कारण थप समस्या निम्तिने खतरा बढेको छ । त्यही भएर १४ दिनका लागि वडा सिल गरेका छौँ,’ वडाध्यक्ष चौहानले भने, ‘ आफ्नो जीवनभन्दा ठूलो कुरा चाडवाड होईन । त्यतिञ्जेलसम्म जहाँ छौं त्यही बसौं, अन्यत्र नजाऔं भनेका छौँ ।’

    रतन्छामा शिलमाथि शिल

          थप अर्को जना कोरोना संक्रमित भेटिएपछि साकेला गाउँपालिका–२ रतन्छामा शिलमाथि अर्को शिल गरिएको छ । काठ्माण्डौंबाट आएका एक युवालाई कोरोना संक्रमण पूष्टी भएपछि गत असोज २६ गतेदेखि कात्तिक ३ गतेसम्मका लागि शिल गरिएको रतन्छामा थप अर्को जना संक्रमित फेला परेपछि शिल अवधि हप्ता दिनका लागि लम्व्याइएको हो ।

           रतन्छालाई शिल गरिएको अवस्थामा पुःन अर्को संक्रमित फेला परेपछि आइतबारदेखि आगामी कात्तिक ८ गतेसम्मका लागि शिल अवधि थप गरिएको साकेला गाउँपालिकाका अध्यक्ष अर्जुन खड्का झंकारले बताए ।

           युवालाई संक्रमण पूष्टी भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा १९ जनाको स्वाव संकलन गरेर पिसिआर परिक्षणमा पठाइएको थियो । त्यसमध्ये तीन जनाको रिपोर्ट आउन बाँकी रहेको छ । अर्को जना महिला संक्रमित फेला परेपछि कट्यान्ट ट्रेसिङका आधारमा अन्य व्यक्तीको पिसिआर परिक्षणका लागि पठाउने तयारी भइरहेको गाउँपालिका अध्यक्ष खड्काले बताए ।

           काठ्माण्डौंबाट आएका युवालाई संक्रमण पूष्टी भएपछि उनकै सम्पर्कमा रहेका व्यक्तीको नमूना संकलन गरेर असोज २७ गते बिराटनगर पठाइएकामा शनिबार अर्को एक जनालाई संक्रमण पूष्टी भएको हो । रतन्छामा संक्रमित थपिएपछि पहिलोपल्टको शिल अवधि नसकिँदै लगातार दोश्रोपल्टका लागि शिल थप भएको हो । घरपरिवार, छिमेकी, टोल, वडा र गाउँपालिकाका स्थानीयलाई सम्भावित संक्रमण हुनबाट बचाउनका लागि वडा शिल गरिएको गाउँपालिकाले जनाएको छ ।

            वडामा कोरोना संक्रमित भेटिएपछि गाउँपालिकाबाट प्रवाह हुने अतिआश्यक बाहेकका अन्य सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत रबिन मगरले जारी गरेको सूचनामा उल्लेख छ । सो अवधिमा गाउँपालिकाको केन्द्र मानेभञ्ज्याङ आसपासमा सञ्चालनमा रहेका होटल तथा पसल, नेपाल एसबिआई बैंक, साना तथा ठूला सवारी साधन बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।

    सम्बन्धित समाचार