शुक्रवार, आश्विन ३० २०७७
नेपाल वाइड
सिन्धुपाल्चोक । प्रहरीले हत्या अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले ललितपुर महानगरपालिका ८ बालकुमारी बस्ने १९ वर्षीय ज्यास्मिन व्यञ्जनकार, १९ वर्षीय शीतल महर्जन र धादिङ थाक्रे गाँउपालिका १० केवलपुर स्थायी घर भई ललितपुर महानगरपालिका ८ बालकुमारीमा कोठा बस्ने वर्ष १९ को सौरभ क्षेत्रीलाई पक्राउ गरेको हो ।
चौतारा साँगाचोकगढी ३ भलायोखर्ककी ६७ वर्षीय डम्बरकुमारी कटुवालको हत्या अभियोगमा प्रहरीले शुक्रबार तीन जनालाई पक्राउ गरेको हो । कटुवालको शव यही असोज २६ गते उनकै निवासमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी एबम प्रहरी नायव निरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।