Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सर्वोच्च अदालत कात्तिक १ देखि १५ गतेसम्म बन्द हुने

    सर्वोच्च अदालत कात्तिक १ देखि १५ गतेसम्म बन्द हुने


    • शुक्रवार, आश्विन ३० २०७७

    • नेपाल वाइड


    सर्वोच्च अदालत कात्तिक १ देखि १५ गतेसम्म बन्द हुने
    फायल तस्बिर

            काठमाडौं । सर्वोच्च अदालत कात्तिक १ देखि १५ गतेसम्म बन्द हुने भएको छ । आज एक सूचना जारी गर्दै कात्तिक १ गते घटस्थापनाको दिनदेखि १५ गते कोजाग्रत पूर्णिमाको दिनसम्म अदालत बन्द रहने जानकारी गराइएको छ ।

          यद्यपि सर्वोच्च अदालत प्रशासन महाशाखाका अनुसार यो अवधिमा पनि बन्दीप्रत्यक्षीकरणको रिटमा भने सुनुवाइ हुने छ । शनिबार र दशैंको टिकाको दिनबाहेक अरु दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालत बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि भने खुला रहने बताइएको छ । अरु मुद्दामा भने सुनुवाइ नहुने जनाएको छ ।

    सम्बन्धित समाचार