Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    कोरोना बढेको भन्दै चीन सरकारले गर्‍यो दुई उच्च अधिकारीहरुलाई पदमुक्त

    कोरोना बढेको भन्दै चीन सरकारले गर्‍यो दुई उच्च अधिकारीहरुलाई पदमुक्त


    • बिहिवार, आश्विन २९ २०७७

    • नेपाल वाइड


    कोरोना  बढेको भन्दै चीन सरकारले गर्‍यो दुई उच्च अधिकारीहरुलाई पदमुक्त

             बेइजिङ । चीन सरकारले किङदाओ सहरमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि दुई उच्च अधिकारीहरुलाई पदमुक्त गरेको छ । किङ्दाओ सहरमा एक अस्पतालबाट कोरोना भाइरसको संक्रमण सुरु भएपछि सहरको स्वास्थ्य आयोगमा प्रमुखलाई पदमुक्त गरिएका हुन् । 

            किङदाओ सहरमा पाँच दिनभित्र ९० लाख मानिसहरुको कोरोना परीक्षण गर्ने लक्ष्य अन्तर्गत बृहत परीक्षण भइरहेको छ । हालसम्म ५० लाख मानिसहरुको कोरोना परीक्षण भइरहेको छ । चीनले गत मेमा वुहान सहरका एक करोड १० लाख बासिन्दाको परीक्षण गरेको थियो ।

           हालसम्म नयाँ कोरोना संक्रमित फेला परेका थिए । यसअघि सहरमा १२ जना संक्रमित फेला परेका थिए । उनीहरु सबैमा कोरोना भाइरसको लक्षण देखिएको छ । कोरोना महामारी बढेपछि कम्युनिस्ट पार्टीका अधिकारीसमेत रहेका वरिष्ठ व्यवस्थापकलाई सजाय स्वरुप उनीहरुलाई पदमुक्त गरिएको जनाइएको छ । 

    यसअघि कोरोना महामारीको उद्‌गम थलो भनिएको वुहान सहरका मेयरले कोरोना महामारीबारे पार्टीका अधिकारी र सार्वजनिक नगरेप्रति क्षमायाचना गरेका थिए । बीबीसी

    सम्बन्धित समाचार