बिहिवार, आश्विन २९ २०७७
नेपाल वाइड
काठमाडौं । महानगरीय अपराध महाशाखाले नक्कली भिसा देखाएर क्रोएसिया पठाउने भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।सप्तरी डाक्नेश्वरी नपा ६ औरही स्थायी ठेगाना भएका मोहम्मद सहजाद आलम र सिन्धुली कमलामाई नगरपालिका ११ भिरगाँउका सुकवान वाईबालाइ पक्राउ गरिएकाे अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए ।
उनीहरुले क्रोएसियामा पठाई दिने भन्दै ९ जनासँग प्रतिव्यक्ति ३ लाख ७ हजारका दरले २७ लाख ६३ हजार रकम असुलेको प्रहरीले जनाएको छ । उनीहरुको प्रहरी परिसर काठमाडौं थप अनुसन्धान भैरहको जनाएको छ ।