Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोलामा डुबेर एक जनाको मृत्यु

    खोलामा डुबेर एक जनाको मृत्यु


    • बिहिवार, आश्विन २९ २०७७

    • नेपाल वाइड


    खोलामा डुबेर एक जनाको मृत्यु

             कञ्‍चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा आज खोलामा डुबेर भुपू प्रहरी हवल्दारको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार वडा नं ८ का ५० बर्षीय कमलसिंह ठगुन्नाको छहरी खोलामा डुबेर मृत्यु भएको हो ।

          “बिहान घरबाट निस्केका ठगुन्ना खोलामा डुबेको भेटिएका हुन”, उनले भने, “घटनाको प्रारम्भिक अनुसन्धानले मृतकले मादकपदार्थ सेवन गरेको बुझिएको छ ।” प्रहरीका अनुसार शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ । - रासस

    सम्बन्धित समाचार