Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    एन्फालाई एएफसीद्धारा ग्रासरुट सदस्यता प्रदान

    एन्फालाई एएफसीद्धारा ग्रासरुट सदस्यता प्रदान


    • बिहिवार, आश्विन २९ २०७७

    • नेपाल वाइड


    एन्फालाई एएफसीद्धारा ग्रासरुट सदस्यता प्रदान

             काठमाडौं । एसियाली फुटबल महासंघ ९एएफसी० ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ग्रासरुट चार्टर ब्रोन्ज लेभेल सदस्यता प्रदान गरेको छ । नेपाली फुटबलले ग्रासरुट फुटबल विकासमा हाँसिल गरेको उपलब्धिलाई मध्यनजर गर्दै एएफसीले एन्फालाई ग्रासरुट चार्टर ब्रोन्ज लेभेल सदस्यता प्रदान गरेको हो ।

           एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई एएफसीका महासचिव डाटो विन्डसर जोनले लेखेका छन्, “हामी तपाईंलाई यो कुरा बताउन खुसी छौं कि एन्फाले ग्रासरुटस  चार्टर ब्रोन्ज लेभेलको कांस्य तहको सदस्यताका लागि तपाईंको आवेदन एएफसी ग्रासरुट्स प्यानलले स्वीकृत गरेको छ ।"

          एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले यसलाई एन्फाको कडा परिश्रमको मान्यता भएको बताए ।

    सम्बन्धित समाचार